Header Page


Related

Home
Message from Manager




Untitled Document

CONTACT US

Kishan Kalyan SACCOS

Itahari-16,Balgram

Sunsari

(Head Office)

Tel: +977-25-587160

E-mail: info@kishankalyan.org.np


Out of Itahari

Member Service Centers

Ramdhuni-5, Jhumka Bazar

Tel: +977-25-562618


Barahachhetra-4, Bange Bazar

Tel: +977-25-551118


Barahachhetra-9,Rajabas Bazar

Tel: 9816316514


Barahachhetra-2,Bayarban Bazar

Tel: +977-25-550066


Itahari-6, HongKong Market

Tel: +977-25-589260


Itahari-12, Khanar Bazar

Tel: +977-25-420094























Message from Chairperson


सहकारीको विश्व इतिहास नियाल्दा सन १८४४ मा पुग्नुपर्ने हुन्छ । बेलायतको रोचडेल सहरको कपडा कारखानामा काम गर्ने २८ जना रोचडेली मजदुरहरूले गरेको सहकारीको प्रयास नै प्रथम पाइला हो । २८ जना मध्येका अगुवा रोवर्ट ओवेनले सहकारीको प्रादुर्भावमा अग्रणी भूमिका निर्वाह गरेका हुँदा सहकारी अभियन्ताहरूले उनीलाई सहकारीका पिता मानिआएका छन् ।

यसरी सहकारीले विश्व इतिहासमा आप्mनो अभियानको १७० वर्षभन्दा बढी समय पार गरिसकेको छ भने नेपालको सन्दर्भमा वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना हुँदै २०१३ सालमा राप्ती नदीको बाढीद्वारा विस्थापितहरूको बसोबास र राहतका लागि नेपाल सरकारले सोही सालको चैत्र २० गते चितवन जिल्लामा १३ वटा सहकारी संस्थाको स्थापना गरी सुरू गरेको अभियान अन्तर्गत २०१६ सालमा सहकारी ऐनको व्यवस्था भएको थियो । २०१३ सालमा स्थापित १३ सहकारी संस्थाहरू मध्ये चितवनको शारदा नगर स्थित “बखानपुर सहकारी संस्था” एक इतिहासको साक्षीका रूपमा सञ्चालनमा रहेको छ ।

२०१६ सालको सहकारी ऐनले सहकारीका भावना, मर्म र दर्शनलाई व्यवहारमा स्थापित गराउन नपाउदै वि.सं. २०१७ सालको शाही ‘कु’ पछि साझा ऐनका नाममा सरकारी नियन्त्रणका साझा संस्थाहरू स्थापना भई सञ्चालन भएको कुरा सहकारीका अगुवाहरू बताउँछन् ।

पुरानो साझा ऐन अन्तर्गत २०४६ सालको राजनैतिक परिवर्तन अगाडि ८३३ सहकारीहरू मात्र थिए भने राजनीतिक परिवर्तनपछिको सहकारी ऐन २०४८ र नियमावली २०४९ ले सहकारी संस्था गठन र सञ्चालनमा गरेको सहज व्यवस्थाअनुसार हाल ३१ हजार भन्दा बढी सहकारी संस्था दर्ता भएको सरकारी तथ्याङ्कले बताइरहँदा सहकारी संस्थाहरूको आप्mनै स्वनियमनकारी भूमिकामा ह्रास आउँदा आम नागरिकले गाँस कटाई बचत गरेको रकमको सुरक्षणमा चुनौती देखिएको छ ।

यसै सेरोफेरोमा किसान कल्याण साकोसले पनि २०५३ सालबाट सुरू गरेको अनौपचारिक बचत सङ्कलन कार्यले २०५८ सालमा कानुनी मान्यता पाई सुरूका दिनमा ३ गाविसमा सेवाक्षेत्र सीमित रहेकोमा हाल १४ गाविस र २ नपा समेतमा कार्यक्षेत्र विस्तार गरी जिल्ला र केन्द्रीय, जिल्लाको छाता सङ्घ लगायत राष्ट्रिय सहकारी सङ्घ हुँदै एसियाली ऋण महासङ्घ मार्फत् विश्व ऋण परिषदसम्म सिधा सम्बन्ध स्थापित गराई २०६८ सालबाट एसियाली ऋण महासङ्घद्वारा विकसित वित्तीय सहकारी संस्थाहरूको नियमन, नियन्त्रण र अनुगमन गर्ने “एक्सेस प्रविधि” को सहयोगमा ८६ वटा सूचकाङ्कको अभ्यासमा अभ्यस्त रही आगामी दिनमा स्तरीय बचत तथा ऋण सहकारीको रूपमा स्थापित गराउन सहकारी ऐन २०४८, नियमावली २०४९ पछिल्लो मापदण्ड २०६८, स्वीकृत विनियम २०५८ (सातौँ संशोधन २०७१), र नीति, निर्देशिका र कार्यविधिको निर्माण गरी वित्तीय अनुशासन, पारदर्शिता र इमानदारितालाई मूल मन्त्रका रूपमा अङ्गीकार गर्दै १७ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति र विभिन्न विषयगत उपसमिति सहित संस्थापनमा ७६ जना र सातौँ तहको व्यवस्थापक मातहत विभिन्न तह र श्रेणीमा १९ जना कर्मठ कर्मचारीहरूको व्यवस्थापकीय समूह कार्यरत रहेको छ ।

संस्थाले १९ प्रकारका बचत र ११ प्रकारका ऋण उत्पादनद्वारा सदस्यलाई सेवा प्रदान गरेको छ । ७० वर्ष पार गरेका जेष्ठ नागरिक सम्मान, सेयर सदस्य सन्तति (विद्यालय तहको अध्ययन र उच्च शिक्षा पूरा गरेकालाई) सम्मान तथा पुरस्कार, सामाजिक सुरक्षा कार्यक्रम, फरक क्षमताका सदस्य सम्मान, विभिन्न सम्मान तथा पुरस्कार कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर, शुद्ध पेयजलका लागि उच्च प्रविधियुक्त वायोस्यान्ड फिल्टर विक्री वितरण, सदस्य शिक्षा, सदस्य सीप विकास, सदस्यहरूलाई साक्षारता अभियानमा सरिक, विपन्न, दलित र सिमान्तकृत–सूचिकृत घरका सदस्यलाई सदस्य प्रवेशमा सहजता, सदस्यमा राहत कार्यक्रम ऋणमा दुर्घटना बिमा, सबै सेयर सदस्यको प्राकृतिक तथा दुर्घटनाबाट हुने निधनमा अनिवार्य बिमा, सरोकारवालाहरूको उच्च सम्मान, मूल्याङ्कन प्रणाली, विभिन्न समुदायअनुसार सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाको मुकामको कार्यालयको सेवाका अतिरिक्त सेवाक्षेत्रमा सदस्य सेवाकेन्द्र स्थापना र सञ्चालन, प्रत्यक्ष २० लाई र अप्रत्यक्ष धेरैलाई स्वरोजगारको सिर्जना गरी राज्यप्रतिको दायित्व निर्वाहमा रू. १५५२०००।– (पन्ध्र लाख बाउन्नहजार) विभिन्न शीर्षकमा कर बुझाई राजस्वमा थप योगदान गर्न सफल भएको छ ।

-शालिकराम ढकाल

view all

Latest News